राष्ट्रिय स्वाधीनताको रक्षाका लागि शक्तिहरूबीच मोर्चा र सहकार्य आवश्यकः दाहाल

  • आइबार​ ७ भौ २०८३ ०९:०९ AM
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले मुलुकको वर्तमान परिस्थिति असाधारण र चुनौतीपूर्ण रहेको बताएका छन् । सोमवार काठमाडौंमा ‘कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले राष्ट्रिय स्वाधीनतामाथि गम्भीर सङ्कट देखापरेको उल्लेख गरेका हुन् । संयोजक दाहालले लामो सङ्घर्ष र बलिदानबाट प्राप्त भएका उपलब्धिहरू क्रमशः खोसिँदै गएको प्रति चिन्ता