नेपालमा मोबाइल व्यवसाय तुलनात्मक रूपमा ठीक अवस्थामा रहे पनि अवैध मोबाइलको कारोबार, न्यून मार्जिन, भन्सार छली तथा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) कार्यान्वयनमा ढिलाइलगायतका कारण व्यवसायीले चुनौती सामना गरिरहेका छन् । व्यवसायीहरूले अवैध रूपमा भित्रिने मोबाइल नियन्त्रण गर्न एमडीएमएस तत्काल कार्यान्वयन गर्नुपर्ने माग गरेका छन् । नेपाल मोबाइल व्यवसायी महासंघका अध्यक्ष रमेश घिमिरेले पछिल्लो समय