नेपाल भलिबल लिगकाे ट्रफी अनावरण

  • आइबार​ ७ भौ २०८३ ०९:०४ AM
नेपाल भलिबल लिग (एनभीएल) को आधिकारिक ट्रफी अनावरण गरिएकाे छ । ट्रफीलाई विभिन्न ऐतिहासिक तथा पर्यटकीय स्थलमा सार्वजनिक गर्दै अनावरण गरिएकाे छ । ‘उचाइँको नयाँ उडान’ नारासहित आयोजना हुने ट्रफी यात्राको पहिलो गन्तव्य पाटन दरबार स्क्वायरमा अनावरण गरिएकाे हाे । त्यसपछि ट्रफी भक्तपुर दरबार स्क्वायर पुर्‍याइनेछ । ट्रफी यात्राको तेस्रो तथा अन्तिम गन्तव्य बसन्तपुर दरबार स्क्वायर रहनेछ।