किन स्थगित भयो रवि लामिछानेको चीन भ्रमण ?

  • आइबार​ ७ भौ २०८३ ०७:५६ AM
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको चीन भ्रमण तत्कालका लागि स्थगित भएको छ । अब रास्वपाका सांसदहरूको टोली मात्रै चीन जाने भएको छ । उच्च स्रोतका अनुसार लामिछानेको चीन भ्रमणको नयाँ मिति तय हुन नसकेपछि भ्रमण स्थगित गरिएको हो । यसअघि अगस्टको दोस्रो साता चीन जाने भनिए पनि भ्रमण एक महिनापछि सारिएको थियो