मेरो माइक्रोफाइनान्सको अध्यक्षमा नेपाल भूषण श्रेष्ठ

  • आइबार​ ७ भौ २०८३ ०६:२४ AM
काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिको अध्यक्षमा नेपाल भूषण श्रेष्ठ चयन भएका छन्। श्रेष्ठले सोमबार नेपाल राष्ट्र बैंकमा आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका छन्। मेरो माइक्रोफाइनान्सको सञ्चालक समितिको २७ साउनमा बसेको बैठकले श्रेष्ठलाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको थियो। अध्यक्षमा चयन भएपछि श्रेष्ठले संस्थाको संस्थागत सुशासन, वित्तीय अनुशासन तथा लघुवित्त सेवाको प्रभावकारिता बढाउन भूमिका खेल्ने अपेक्षा गरिएको छ। The post मेरो माइक्रोफाइनान्सको अध्यक्षमा नेपाल भूषण श्रेष्ठ appeared first on Kalika Khabar.