काठमाडौँ : नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १६ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौँ, मोरङ, झापा, धनुषा, पर्सा, कञ्चनपुर, नवलपरासी पश्चिम र बाँकेबाट उनीहरूलाई विभिन्न प्रकारका लागुऔषधसहित पक्राउ गरिएको हो । काठमाडौँ महानगरपालिका–६ कपन तेन्जिङचोकबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब एक ग्रामसहित ३७ वर्षीय विनयकुमार मण्डल, ३८ वर्षीय मनिष शाही र ३८ वर्षीय प्रदीपकुमार राई पक्राउ परेका छन् । मोरङको कानेपोखरी गाउँपालिका–७ बाट ब्राउनसुगर जस्तो देखिने पदार्थ तीन ग्राम २० मिलिग्रामसहित ३१ वर्षीय विवेक राई तथा झापाको बिर्तामोड नगरपालिका–८ सुनौलो बस्तीबाट सोही प्रकृतिको पदार्थ ... The post विभिन्न स्थानबाट लागुऔषधसहित १६ जना पक्राउ appeared first on Kalika Khabar.