काठमाडौं । दूरसञ्चार क्षेत्रमा लामो समयदेखि निष्क्रिय रहेको युनाइटेड टेलिकम लिमिटेड (यूटीएल) ले पुनः सञ्चालनमा आउने तयारी थालेको छ । कम्पनीको आधारभूत दूरसञ्चार सेवाको अनुमतिपत्रको अवधि सकिन केही दिन मात्रै बाँकी रहँदा यूटीएलले लाइसेन्स नवीकरणका लागि प्रक्रिया अघि बढाएको हो । यूटीएलले गत १९ जेठमा नेपाल दूरसञ्चार प्राधिकरणसमक्ष अनुमतिपत्र नवीकरणका लागि निवेदन दिएको छ ।