च्यातिएका म्याटमा अभ्यास गरेर पदक जित्ने नेपालका उसु खेलाडीको लक्ष्य

  • आइबार​ ७ भौ २०८३ ०६:२० AM
काठमाडाैं । एशियाली खेलकुदमा ९ पल्टसम्मको सहभागितामा नेपालको उसु खेलले अहिलेसम्म यादगार बनाउन सकिरहेको छैन । सन् १९५४ को पहिलो एसियाली खेलदकुदबाट नै नेपालले सहभागिता जनाउन थाले पनि नेपालका उसु खेलाडीले सन् १९९० को ११ औं संस्करणदेखि मात्र प्रतिस्पर्धा गर्ने अवसर पाए । त्यसयता, एसियाली खेलकुदको ३६ वर्षको यात्रामा नेपाली खेलाडीले अहिलेसम्म पदक दिलाउन सकेका