तिमी गएपछि, छुटे छुट्नुपर्ने आदतहरू छुटे नछुट्नुपर्ने आदतहरू। तिमी छुटेपछि ब्रह्माण्डको ज्योति निभ्यो शीतल सिरेटो अङ्गार बनी पोलिरह्यो, बोलाइरह्यो तिमीलाई मन बोलिरह्यो एक्लै-एक्लै। सडकमा हतारिएका मान्छेहरू हृदय नभएका लाग्न थाले, छाप्रादेखि महलहरू मसानघाट देखिन थाले। अरू के-के भयो? अरू…? अरू सब छल। , तिम्रो गाढा प्रेम, तिम्रो भरोसाको काँध, र तिमीसँगै बिताएका जम्मै-जम्मै दिनहरू बालुवाको