काठमाडौँ । काठमाडौँको ग्वलः दे नवाली टोलमा लिच्छविकालीन ‘नासः द्यः छेँ’ (नित्यनाथ मन्दिर) को पुननिर्माण सम्पन्न भएको छ । आज एक समारोह बिच काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले मन्दिरको समुदघाटन गर्नुभएको हो । त्यस अवसरमा वडाध्यक्ष एवं महानगरपालिकाको सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत, जनप्रतिनिधि, संघसंस्थाका प्रतिनिधि तथा स्थानीयबासीको बाक्लो उपस्थिति थियो । मन्दिरको पुनःनिर्माण लागत करबाहेक करिब २ करोड २७ लाख रुपियाँ हो । तीनतले मन्दिरको पहिलो तलामा सन्ध्या पुस्तकालय हुनेछ । दोस्रो तलालाई सामाजिक कार्य, बाजागाजा प्रशिक्षण तथा भोजका लागि उपयोगमा ल्याइनेछ । तेस्रो तला अर्थात् वुइँगलमा नित्यनाथको मन्दिर स्थल रहनेछ । मन्दिरका हरेक तला ८१३