यस वर्ष हालसम्म देशभर धान रोपाइँको अवस्था निकै उत्साहजनक देखिएको छ । कृषि विभागले उपलब्ध गराएको पछिल्लो तथ्याङ्क अनुसार देशभरका कुल धानखेती योग्य जमिनमध्ये ९८ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ । गत वर्षको सोही अवधिको तुलनामा यस वर्ष रोपाइँको दरमा झण्डै २ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष यसै समयसम्म ९६.०८ प्रतिशत मात्र