ललितपुरको पुल्चोकस्थित मानव अधिकार आयोगको कार्यालय बाहिर धर्नामा बसेका लघुवित्त ऋणीहरू नेपाल सरकारसँग सहमति भएपछि आज आ—आफ्नो घर फर्किएका छन् । नेपाल सरकार र ऋणीहरूका प्रतिनिधिबिच हिजो भदौ ६ गते भएको वार्तामा १४ बुँदे सहमति भएसँगै धर्ना कार्यक्रम स्थगित भएको हो । सहमति पश्चात् आज बिहान ८ः५० बजेदेखि सरकारले साझा यातायातका बसहरूको व्यवस्था गरी उनीहरूलाई