काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बाजुराको बडिमालिकामा यही भदौ ११ गते हुने भगवती माताको पूजाआजाका लागि त्यसतर्फ पेटारो पठाएका छन् । धनगढीस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरमा आज विधिपूर्वक पूजाअर्चना गरी परम्परागत विधिअनुसार पेटारोलाई बडिमालिकातर्फ पठाइएको हो । सुदूरपश्चिमको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको बडिमालिका भगवती पूजामा प्रदेश सरकारका मन्त्री तथा अन्य