जनकपुर । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधीले देशको वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली र संविधानको रक्षाका लागि व्यवसायीहरूको सक्रियता आवश्यक रहेको बताएका छन् । जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित पदाधिकारीहरूको पद हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । नेता निधीले नेपाली जनताको लामो संघर्ष र दुई पटकको संविधानसभा निर्वाचनबाट प्राप्त संघीय संरचना र