सुनको मूल्य बढ्यो

  • आइबार​ ७ भौ २०८३ ०५:२१ AM
काठमाण्डु – नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ। आइतबार सुनको मूल्य प्रतितोला २ हजार ८ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार छापावाल सुन प्रतितोला ३ लाख १९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार छापावाल सुन प्रतितोला ३ लाख १६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।