बारामा हराएकी २ वर्षीया बालिका १२ घण्टापछि सकुशल भेटिइन्

  • आइबार​ ७ भौ २०८३ ०५:१५ AM
बाराको कलैया उपमहानगरपालिका–१ कट्टीपर्साबाट शनिबार साँझ हराएकी दुई वर्षीया बालिका विन्दी मण्डल १२ घण्टापछि सकुशल फेला परेकी छन्। स्थानीय मुकेश मण्डलकी छोरी विन्दी शनिबार साँझ करिब ५ः३० बजे घरअगाडि खेलिरहेका बेला अचानक बेपत्ता भएकी थिइन्। बालिका हराएपछि उनका हजुरबुबाले प्रहरीलाई खबर गरेका थिए। जानकारी पाएलगत्तै प्रहरीले परिवार र स्थानीयवासीको सहयोगमा खोजी अभियान सुरु गरेको थियो।