९ दिनपछि खुल्यो जाजरकोट–डोल्पा सडक, अधुरो पुल र बाढीको जोखिम अझै उस्तै

  • आइबार​ ७ भौ २०८३ ०४:४१ AM
जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका–१० र ११ को सीमाक्षेत्र ताक्सुगाडमा आएको बाढीले बगाएको भेरी करिडोर सडक नौ दिनपछि पुनः सञ्चालनमा आएको छ । बाढीले सडकसँगै पुल र चारवटा घर बगाएपछि पूर्ण रूपमा अवरुद्ध भएको जाजरकोट–डोल्पा सडकखण्ड नलगाड नगरपालिकाको समन्वयमा भेरी करिडोर सडक आयोजनाले मर्मत गरेपछि यातायात पुनः सञ्चालनमा आएको हो । सडक खुलेसँगै जाजरकोटबाट डोल्पाको त्रिपुराकोट, छलगाड लगायतका क्षेत्रमा जाने सवारीसाधन सञ्चालनमा आएका छन् । तर, ताक्सुगाडमा पानीको बहाव बढ्नेबित्तिकै सडक फेरि अवरुद्ध हुन सक्ने जोखिम भने अझै कायमै रहेको स्थानीयको भनाइ छ । ताक्सुगाड खोलामा आएको बाढीले सडक संरचनामा ठूलो ... The post ९ दिनपछि खुल्यो जाजरकोट–डोल्पा सडक, अधुरो पुल र बाढीको जोखिम अझै उस्तै appeared first on Kalika Khabar.