बारा । बाराको कलैया उपमहानगरपालिका–१ कट्टीपर्साकी दुई वर्षीया विन्दी मण्डल हराएको १२ घण्टापछि सकुशल फेला परेकी छन् । शनिबार साँझ ५ः३० बजेतिर घरअगाडि खेलिरहेका बेला हराएकी विन्दीलाई आइतबार बिहान करिब ५ बजे कलैया–२६ स्थित सिसवा महेशपुरमा स्थानीयले फेला पारेका हुन् । सडक किनारमा रोइरहेको अवस्थामा बालिकालाई देखेपछि स्थानीय सल्मा नेशाले प्रहरीलाई खबर गरेकी थिइन् ।