काठमाडौं । नेपाल रिकन्डिसन अटो व्यवसायी संघको एघारौं वार्षिक साधारणसभा २०८३ भाद्र ६ गते सम्पन्न भएको छ। संघका अध्यक्ष प्रविन लामिछानेको अध्यक्षतामा आयोजित कार्यक्रममा समाजसेवी दिल शोभा श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी भएकी थिइन्। कार्यक्रम संघका महासचिव कुमार बोगटीले सञ्चालन गरेका थिए। साधारणसभामा संघको वार्षिक गतिविधि, रिकन्डिसन अटो व्यवसायमा देखिएका समस्या, व्यवसायीका चुनौती तथा आगामी दिनमा संघले खेल्नुपर्ने भूमिकाका विषयमा छलफल गरिएको थियो। कार्यक्रममा व्यवसायीहरूले अटो बजारमा देखिएको उतारचढाव, व्यवसाय सञ्चालनका क्रममा भोग्नुपरेका समस्या तथा व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउन आवश्यक पहलका विषयमा समेत धारणा राखेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि ... The post नेपाल रिकन्डिसन अटो व्यवसायी संघको एघारौं वार्षिक साधारणसभा सम्पन्न appeared first on Kalika Khabar.