काठमाण्डु – पछिल्लो केही दिनदेखि भइरहेको अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढी र पहिरो जाँदा मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरीका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थुप्रै सडक खण्डहरूमा यातायात प्रभावित भएको छ। कोशी प्रदेशको भोजपुरमा मध्य पहाडी लोकमार्ग बाढीका कारण प्रभावित भएको छ, जहाँ अहिले वैकल्पिक बाटो समेत प्रयोग