सडक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

  • आइबार​ ७ भौ २०८३ ०३:१४ AM
चितवन । भरतपुर महानगरपालिका–१ आँपटारीमा तीन वटा सवारीसाधन एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रभूषण यादवका अनुसार नाराणगढबाट रामनगरतर्फ गइरहेको मोटरसाइकल विपरीत दिशाबाट आएका ट्रक र कार एकापसमा आज बिहान ठोक्किँदा मोटरसाइकल चालक भरतपुर महानगरपालिका–१३ का २१ वर्षीय सन्देश विष्टको मृत्यु