क्रिकेट सिरिजमा नेपाल ‘ए’ टोली बंगलादेशसँग ९ विकेटले पराजित

  • शनिबार ६ भौ २०८३ ०३:०१ PM
काठमाण्डु – ‘टप इन्ड टी–२० क्रिकेट सिरिज’मा नेपाल ‘ए’ पुरुष टोलीले लगातार दोस्रो पराजय व्यहोरेको छ । अष्ट्रेलियामा जारी प्रतियोगितामा नेपाल शनिबार बंगलादेश हाई–परफर्मेन्स–११ सँग ९ विकेटले पराजित भएको छ । नेपाल ‘ए’ले दिएको १०० रनको झिनो लक्ष्य बंगलादेशले १०.२ ओभरमा १ विकेटको क्षतिमा भेट्टाएको हो । बंगलादेशका लागि जिशान आलमले अर्धशतकीय पारी खेले ।