मधेसका मुख्यमन्त्री यादव विदेश जाँदै, भौतिक पूर्वाधार मन्त्री महम्मद समीरलाई कार्यवाहकको जिम्मेवारी 

  • शनिबार ६ भौ २०८३ ०७:४० PM
जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव धार्मिक प्रयोजनका लागि विदेश जाने भएपछि भौतिक पूर्वाधार विकास मन्त्री महम्मद समीरलाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी दिइएको छ । मुख्यमन्त्री यादवले भदौ ६ शनिवार देखि आफू स्वदेश नफर्किएसम्मका लागि मन्त्री समीरलाई कार्यवाहक मुख्यमन्त्री तोकेका हुन् । मधेस प्रदेश सरकार (कार्यसम्पादन) नियमावली, २०८० को नियम १४ को उपनियम (३) बमोजिम समीरलाई कार्यवाहक मुख्यमन्त्री तोकिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । मुख्यमन्त्री यादवले कार्यवाहकको जिम्मेवारी तोकिएको जानकारीसहितको पत्र प्रदेश प्रमुखको कार्यालय, मधेस प्रदेशलाई समेत पठाएका छन् । मुख्यमन्त्री यादव विदेशमा रहँदासम्म कार्यवाहक मुख्यमन्त्रीका रूपमा समीरले प्रदेश सरकारको दैनिक प्रशासनिक तथा कार्यकारी जिम्मेवारी सम्हाल्नेछन् ।