बौद्ध दर्शनमा जीवन, चेतना र पुनर्जन्मबारे विमर्श

  • शनिबार ६ भौ २०८३ ०७:४५ PM
काठमाडौँ । बौद्ध दर्शनका विद्वान्हरूले हिमाली बौद्ध परम्परामा जीवन, चेतना, मृत्यु र पुनर्जन्मका विषयमा विभिन्न धारणा प्रस्तुत गरेका छन् । नेपाल समाज मिडिया प्रालिले आज यहाँ आयोजना गरेको कार्यक्रममा नामग्याल रिन्पोछेले शान्तिका दूत भगवान् बुद्धले मनलाई शान्त र शुद्ध पार्ने माध्यमका रूपमा धर्मलाई व्याख्या गर्नुभएको बताए । उनले बुद्धको सन्देशअनुसार मानिसले आफ्नो भविष्य र भावी जीवनलाई उज्ज्वल बनाउने गरी कर्म गर्नुपर्नेमा जोड दिए । नेपाल बौद्ध महासङ्घका अध्यक्ष गेसे थुप्तेन जिन्पाले ‘चेतना, मृत्यु र पुनर्जन्मसम्बन्धी बौद्ध अवधारणा’ विषयक कार्यपत्र प्रस्तुत गर्दै बौद्ध दर्शनमा चेतनाको प्रकृति, कारण, करुणा र मानसिक शुद्धताका आधारमा पूर्वजन्म तथा पुनर्जन्मको व्याख्या गरिएको बताए । उनले जन्मजात प्रतिभा, बुद्धिमत्ता, रुचि तथा मानसिक प्रवृत्तिलाई पुनर्जन्म र भविष्यसँग जोडेर हेर्ने गरिएको उल्लेख गरे । महासङ्घका पूर्वअध्यक्ष आचार्य नुर्बु शेर्पाले ‘मनको प्रकृति र पुनर्जन्मसम्बन्धी बौद्ध दृष्टिकोण’ विषयक कार्यपत्र प्रस्तुत गर्दै बौद्ध दर्शनले पुनर्जन्मलाई कर्मबाट प्रभावित चेतनाको निरन्तर प्रवाहका रूपमा व्याख्या गर्दै आएको बताए । उनले बौद्ध परम्परामा कर्मलाई पुनर्जन्मसँग जोडिएको महत्त्वपूर्ण आधार मानिने र असल कर्मले सुखद तथा खराब कर्मले दुःखद परिणाम निम्त्याउने मान्यता रहेको स्पष्ट पारे । कार्यक्रममा बौद्ध दर्शनका विद्वान् खेन्पो जामयाङ लोड्रो र भुटानका डा