गृहमन्त्री गुरुङसँग वार्ता गर्न मृतक गरिमाका बुवाआमा काठमाण्डुमा

  • शनिबार ६ भौ २०८३ ०२:०८ PM
काठमाण्डु – गृहमन्त्री सुधन गुरुङसँग वार्ता गर्न बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ मा बलात्कारपछि हत्या गरिएकी ३ वर्षिया गरिमा चौधरीका बुवा मनोज चौधरी र आमा मानमती चौधरी काठमाण्डु पुगेका छन् । बालिका गरिमा हराएको ३ दिनसम्म पनि प्रहरीले प्रभावकारी रूपमा खोजी नगरेको तथा परिवारले किटानी जाहेरी दिएका व्यक्तिलाई समयमै अनुसन्धानको दायरामा नल्याएको आरोप पीडित परिवारको छ ।