त्याग र समर्पणबाट मात्रै समाज परिवर्तन सम्भव हुन्छ : झलनाथ खनाल

  • शनिबार ६ भौ २०८३ ०७:१० PM
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले समाज परिवर्तनका लागि क्रान्तिकारीहरू त्याग, तपस्या र बलिदानको भावनासहित निरन्तर अघि बढ्नुपर्ने बताएका छन् । नेकपा कोशी प्रदेश सम्पर्क समितिले शनिबार काठमाडौंमा आयोजना गरेको एकता घोषणा सभा तथा प्रशिक्षण कार्यक्रममा बोल्दै नेता खनालले मानिसको जीवन सीमित भए पनि राष्ट्र र जनताका लागि गरिने योगदान महत्वपूर्ण हुने बताए । उनले भने, ‘क्रान्तिकारीहरू जतिबेला पनि त्याग र तपस्याका साथ उठिरहेका हुन्छन्, बलिदानका साथ उभिरहेका हुन्छन् । हाम्रो जीवन एउटा विन्दुमा सुरु हुन्छ र अर्को विन्दुमा सकिन्छ । हामी सधैं कोही पनि बाँच्दैनौं । तर जुन जीवन हामीले प्राप्त गरेका छौं, यो बडो अनमोल जीवन हो ।’ आफ्नो जीवन राष्ट्र र जनताका लागि समर्पित गर्न सक्ने कि नसक्ने भन्ने प्रश्न महत्वपूर्ण रहेको उल्लेख गर्दै खनालले पूर्ण रूपमा समर्पित हुन नसके पनि आफ्नो क्षमताअनुसार योगदान गर्न सबै तयार रहनुपर्ने बताए । ‘यो अनमोल जीवन हामी हाम्रो राष्ट्रका निम्ति, हाम्रो देशका जनताका निम्ति समर्पित गर्न सक्छौं कि सक्दैनौं