काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले अटिजम भएका बालबालिकाहरूका लागि सातै प्रदेशमा छिट्टै आवासीय विद्यालय स्थापनाका लागि सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन् । अटिजम तथा न्यूरोडाइभर्सिटी भएका बालबालिकाका लागि शैक्षिक कार्यक्रम सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड, २०८३ का विषयमा छलफल गर्न आज कैलालीको धनगढीमा आयोजित कार्यक्रममा उनले विद्यालय स्थापनाका लागि सरकारले बजेटसमेत विनियोजन