कर्णालीमा सरकार विस्तारमा अन्योल, आकांक्षी धेरै हुँदा नेतृत्वलाई सकस

  • शनिबार ६ भौ २०८३ १२:१२ PM
कर्णाली प्रदेश सरकारमा सहभागी हुने मन्त्रीको नाम नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले अझै टुंगो लगाउन सकेको छैन। सत्ता साझेदार नेकपा एमालेका तर्फबाट तीनजना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिइसके पनि नेकपाले आफ्नो भागमा परेका तीन मन्त्रालयका लागि मन्त्री छनोट गर्न नसक्दा सरकार विस्तारको प्रक्रिया अन्योलमा परेको छ। मुख्यमन्त्री मंगलबहादुर शाहीले साउन १२ गते पद सम्हालेको