भ्युज गणना गर्ने तरिकामा परिवर्तन गर्दै युट्युब

  • शनिबार ६ भौ २०८३ १२:२२ PM
गुगलको स्वामित्वमा रहेको भिडियो स्ट्रिमिङ प्लेटफर्म युट्युबले आफ्नो प्लेटफर्ममा सार्वजनिक भिडियोको ‘भ्युज’ गणना गर्ने तरिका परिवर्तन गर्ने भएको छ । यो नयाँ व्यवस्था अगस्ट २४ देखि लागू हुनेछ । यसअघि युट्युबले भिडियोको भ्युज कसरी गणना गर्छ भन्ने स्पष्ट रूपमा सार्वजनिक नगरे पनि सामान्यतया प्रयोगकर्ताले कम्तीमा ३० सेकेन्ड भिडियो हेरेपछि त्यसलाई एक भ्युजका रूपमा गणना गर्ने