एमाले अध्यक्ष ओलीद्वारा ‘जनसङ्गठन समन्वय संयन्त्र कार्यशाला’ उद्घाटन

  • शनिबार ६ भौ २०८३ १२:१५ PM
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज भक्तपुरको नगरकोटमा नेकपा (एमाले) जनसङ्गठन समन्वय संयन्त्रले आयोजना गरेको दुईदिने ‘जनसङ्गठन समन्वय संयन्त्र कार्यशाला’ उद्घाटन गरेका छन् । चाँगुनारायण नगरपालिका–८ चरेलीस्थित रिसोर्टमा आयोजना गरेको कार्यशालाको उद्घाटन गर्दै उनले एमाले कमजोर भए देश कमजोर हुने बताए । अध्यक्ष ओलीले देश सङ्कटमा गुज्रिदै गएको अवस्थामा पार्टीलाई