युवाहरू अर्ति–उपदेश सुन्नेमा मात्र सीमित हुनु हुँदैन : नेता खनाल

  • शनिबार ६ भौ २०८३ ११:३९ AM
काठमाण्डु – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) नेता झलनाथ खनालले युवाहरू अर्ति–उपदेश सुन्नेमा मात्र सीमित हुन नहुने बताएका छन् । नेकपा कोशी प्रदेश सम्पर्क समितिले शनिबार काठमाण्डुमा आयोजना गरेको कार्यक्रममा नेता खनालले युवा कार्यकर्ताहरूलाई समेत नेतृत्व सम्हाल्न अघि बढ्न आग्रह गरे । युवामा नेतृत्व गर्ने आँट, हिम्मत र सिर्जनशीलता विकास गरी पार्टीको अग्रपंक्तिमा ल्याउनुपर्ने उनले बताए