काठमाण्डु – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाण्डु महानगरपालिका–३२ बस्ने काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका–१२ घर भएका ३७ वर्षीय नविन लामा र काठमाण्डु महानगरपालिका–३२ बस्ने सल्यान शारदा नगरपालिका–२ घर भएका ५० वर्षीय रमेश रेउले रहेका छन् । पक्राउमध्ये नविनले