बालेन सरकारलाई ओलीले दिए ‘बारुला’ को संज्ञा

  • शनिबार ६ भौ २०८३ ११:२७ AM
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको आलोचना गर्दै यसलाई ‘बारुला’ जस्तो भएको टिप्पणी गरेका छन् । शनिबार नगरकोटमा आयोजित कार्यक्रममा बोल्दै ओलीले आफूलाई पक्राउ गरेर अरूलाई डर देखाउन खोजिएको दाबी गरे । बालेन नेतृत्वमा सरकार बनेपछि आफूलाई पक्राउ गरिएको प्रसंग उल्लेख गर्दै उनले त्यस्तो कदमले नागरिकलाई त्रसित बनाउन खोजिएको बताए ।