काठमाडौं । काठमाडौं महानगरपालिकाले ९२ वटा संस्थागत (निजी) विद्यालयको अनुमति वा स्वीकृति रद्द गर्ने प्रक्रिया अघि बढाएको छ । महानगरपालिकाको शिक्षा विभागले अनुमति वा स्वीकृति रद्द गर्नुपर्ने अवस्थामा रहेका विद्यालयलाई ३५ दिनभित्र आवश्यक कागजातसहित आफ्नो विवरण पेस गर्न सूचना जारी गरेको हो । शिक्षा विभागका प्रमुख नवराज ढकालका अनुसार शिक्षा ऐन, २०७५ को दफा ३६