काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशन मंसिरभन्दा पछाडि सार्न संवैधानिक तथा कानुनी आधार नरहेको बताएका छन् । शनिबार स्वर्गीय नेता प्रदीप गिरिको स्मृतिमा आयोजित कार्यक्रममा बोल्दै शर्माले महाधिवेशन रोक्नुभन्दा पार्टीभित्र देखिएका असहमति संवाद र सहमतिबाट समाधान गर्नुपर्ने बताए । उनले असन्तुष्ट नेताहरूलाई अदालत जानुभन्दा पार्टी कार्यालयमै आएर छलफल र सहमतिको बाटो रोज्न