ललितपुरको पुल्चोकस्थित मानव अधिकार आयोग कार्यालय क्षेत्रको सडकखण्ड सधैंजसो व्यस्त हुन्छ । सवारीसाधनको चापसँगै पैदलयात्रुको आवत—जावतले यहाँको सडक दिनभर व्यस्त देखिन्छ । तर, यही व्यस्त सडकको किनार अहिले मिटरब्याज, लघुवित्त, बैंक र भूमिहीन पीडित बनेका नागरिकहरूको धर्ना स्थल बनेको छ । कुनै समय यहाँ धर्नामा बसेका आन्दोलनकारी भन्दा प्रहरीको संख्या बढी हुँदा सडक नै जाम