नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको प्रयोगबाट सुरक्षा निगरानी बढाइने भएको छ । भारतको देहरादूनमा सम्पन्न नेपाल–भारत सीमा व्यवस्थापन संयुक्त कार्यदलको बैठकमा यस्तो सहमति भएको हो । ‘नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा आधुनिक तथा नवीनतम प्रविधि (सीसीटीभीलगायत आधुनिक उपकरण)को प्रयोगबाट सुरक्षा निगरानी बढाउन दुवै पक्षबीच सहमति भयो,’बैठकपछि गृह मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा