वैशाख १ देखि हालसम्म विपद्का ५ हजार ६० घटनाः २५० जनाको मृत्यु, ९ बेपत्ता

  • शनिबार ६ भौ २०८३ १०:४५ AM
काठमाडौं । २०८३ वैशाख १ गतेदेखि भदौ ६ गते बिहानसम्म देशभर भएका विभिन्न प्रकारका ५ हजार ६० वटा विपद्का घटनामा परी २ सय ५० जना नागरिकले ज्यान गुमाएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस अवधिमा ९ जना अझै बेपत्ता रहेका छन् भने १ हजार ६२४ जना घाइते भएका छन् ।