झलनाथ खनालको आरोप– ‘रास्वपा दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधि भएको छ’

  • शनिबार ६ भौ २०८३ १०:२६ AM
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधिका रूपमा उदाएको आरोप लगाएका छन् । नेपाली कम्युनिष्ट पार्टी कोशी प्रदेश समितिले शनिबार आयोजना गरेको पार्टी एकता तथा प्रशिक्षण कार्यक्रममा बोल्दै खनालले अहिलेको सत्ता रास्वपाको हातमा रहेको र उसले जनविरोधी नीति अघि बढाइरहेको आरोप लगाए ।