काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष सन्तोष परियारले राज्यले गरिब, निमुखा र कमजोर वर्गको संरक्षण गर्नुपर्ने बताएका छन् । शनिबार काठमाडौंमा पार्टीले आयोजना गरेको युवा प्रशिक्षण भेलालाई सम्बोधन गर्दै उनले अहिलेको राज्य व्यवस्था र बजेटले गरिब जनताको हित गर्न नसकेको बताए। परियारले वर्तमान बजेट वामपन्थी विचारअनुसार नभएको र यसले आम नागरिकमा आशा जगाउन नसकेको बताए