जसपा र तमलोपाका केन्द्रीय सदस्यसहित दर्जनौँ नेता–कार्यकर्ता राष्ट्रिय एकता दलमा प्रवेश

  • शनिबार ६ भौ २०८३ १०:३० AM
जनता समाजवादी पार्टी (जसपा) र तराई–मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) का केन्द्रीय सदस्यसहित विभिन्न राजनीतिक दलका दर्जनौँ नेता तथा कार्यकर्ता राष्ट्रिय एकता दलमा प्रवेश गरेका छन्। राष्ट्रिय एकता दल धनुषाले जनकपुरधाममा आयोजना गरेको ‘हिन्दू राष्ट्रका लागि पार्टी प्रवेश’ कार्यक्रममा जसपाकी केन्द्रीय सदस्य उर्मिला देवी महतो, तमलोपाका केन्द्रीय सदस्य तथा प्रदेश सभा प्रत्यासी श्याम सुन्दर साहलगायत विभिन्न