सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले कर्तव्य पालनाका क्रममा वीरगति प्राप्त गरेका सशस्त्र प्रहरी सहायक हवल्दार स्व. असिम श्रेष्ठको परिवारसँग भेटघाट गरेका छन्। साउन ६ गते सशस्त्र प्रहरी बल नेपाल नं. ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरको ९औँ वार्षिकोत्सव तथा बाहिनी मातहतका कार्यालयको अनुगमनका क्रममा पौडेल असिम श्रेष्ठको घरमा पुगेर परिवारका सदस्यसँग भेट गरेका हुन्। भेटका क्रममा