काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीकी नेतृ पम्फा भुसालले पार्टीभित्र बनेका अत्यधिक ठुला ‘जम्बो’ कमिटीप्रति असन्तुष्टि जनाएकी छन् । पार्टीको कोसी प्रदेश समितिले शनिवार आयोजना गरेको पार्टी एकता तथा प्रशिक्षण कार्यक्रममा उनले जम्बो समितिले कम्युनिस्ट पार्टीलाई बलियो बनाउन नसक्ने बताएकी हुन् । उनले दजनौँ पार्टी मिलाएर ठुलो कमिटी भएको नेपाली कम्युनिस्ट पार्टी बनाउँदा पनि निर्वाचनमा सफलता