चितवन–पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी चितवनको खैरहनी नगरपालिका–१ तरकारी चोकमा बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । नारायणगढबाट बर्दिबासतर्फ जाँदै गरेको बाप्र. ०३–००१ ख २७७३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बाप्र. ०१–०१५प३३८५ नम्बरको मोटरसाइकल शनिबार मध्याह्न १२ः२३ बजेतिर आपसमा ठोक्किएका थिए । दुर्घटनामा मोटरसाइकल चालक अन्दाजी ३२ वर्षीय पुरुष र