म्याकका लागि च्याटजीपीटीमा ‘एप्पल मेसेजेज’ प्लगइन, सन्देश खोज्न र जवाफ तयार गर्न सकिने

  • शनिबार ६ भौ २०८३ ०९:३७ AM
काठमाडौं । ओपनएआईले म्याकका लागि च्याटजीपीटी डेस्कटप एपमा ‘एप्पल मेसेजेज’ प्लगइन सार्वजनिक गरेको छ । नयाँ प्लगइनमार्फत प्रयोगकर्ताले आइमेसेज, एसएमएस र आरसीएस कुराकानी खोज्न, त्यसको सारांश बनाउन तथा जवाफ तयार गर्न सक्नेछन् । प्रयोगकर्ताले अनुमति दिएपछि च्याटजीपीटीमार्फत सन्देश पठाउनसमेत सकिने ओपनएआईले जनाएको छ । यद्यपि, यो सुविधा हाल च्याटजीपीटी वर्क र कोडेक्स प्रयोगकर्ताका लागि मात्र