काठमाण्डु– कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र देखिएका विवाद बाहिर लैजानुभन्दा आन्तरिक संवादबाटै टुंग्याउनुपर्ने बताएका छन् । शनिबार कांग्रेसले आयोजना गरेको ‘ग्रीन रन’ उद्घाटनका क्रममा शर्माले पार्टीभित्रका असहमति र समस्या पार्टी कार्यालयमा बसेर आपसी छलफलमार्फत समाधान गर्नुपर्ने बताए । विशेष महाधिवेशनपछि बनेको नेतृत्वलाई अस्थायी प्रकृतिको बताउँदै उनले आगामी असोजमा हुने केन्द्रीय महाधिवेशनमा पार्टीका विभिन्न पदमा प्रतिस्पर्धा