काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योग सञ्चालनका लागि सरकारले आवश्यक लगानी गर्ने बताएकी छन् । शनिबार बिहान हेटौँडा उपमहानगरपालिका–८ स्थित हेटौँडा कपडा उद्योगको निरीक्षण गर्दै मन्त्री यादवले उद्योग सञ्चालनका लागि उपयुक्त ‘मोडालिटी’बारे छलफल भइरहेको जानकारी दिइन् । उनले कपडा उद्योगलगायत लामो समयदेखि बन्द रहेका उद्योग पुनः सञ्चालन गर्ने सरकारको तयारी