मधेस सरकारद्वारा नीति तथा योजना आयोगको ‘ओएण्डएम सर्वे’ स्वीकृत

  • शनिबार ६ भौ २०८३ ०१:३४ PM
जनकपुरधाम । मधेस प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोगको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम सर्वे)  स्वीकृत गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, जनकपुरधाममा शुक्रबार साँझ बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले आयोगको कार्यक्षेत्र, कार्यबोझ तथा संस्थागत आवश्यकताका आधारमा सङ्गठन संरचना र दरबन्दी पुनरवलोकन गर्ने निर्णय गरेको हो । साथै आयोगको करिब ५५ प्रतिशत दरबन्दी कटौती गर्ने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता एवं अर्थमन्त्री युवराज भट्टराईले जानकारी दिए । दरबन्दी कटौतीबाट प्रशासनिक खर्चमा मितव्ययिता कायम हुनुका साथै उपलब्ध जनशक्तिको अधिकतम उपयोग हुने अपेक्षा गरिएको उनले बताए ।  त्यसैगरी प्रदेश सरकारका विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत सचिवहरूको खटनपटन तथा पदस्थापन गर्ने निर्णयसमेत बैठकले गरेको छ । सम्बन्धित मन्त्रालयको कार्यबोझ, विषयगत अनुभव, कार्यक्षमता, संस्थागत आवश्यकता र प्रशासनिक निरन्तरतालाई आधार बनाएर सचिवहरूको खटनपटन तथा