हेटौँडा कपडा उद्योग सञ्चालनका लागि सरकारले लगानी गर्छः उद्योगमन्त्री यादव (तस्बिरहरु)

  • शनिबार ६ भौ २०८३ ०८:०९ AM
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् । शनिवार बिहान मन्त्री यादवसहितको टोली हेटौंडा उपमहानगरपालिका–८ स्थित हेटौंडा कपडा उद्योगमा पुगेको हो । उद्योगको निरीक्षण गर्दै मन्त्री यादवले उद्योग सञ्चालन गर्नका लागि सरकारले आवश्यक लगानी गर्ने बताइन् । उद्योग कुन ‘मोडालिटी’मा सञ्चालन गर्ने त्यसबारेमा छलफल गरिरहेको बताइन् ।