काठमाडौं । स्वतन्त्र आमा नेपालले बलात्कारपछि हत्या भएकी गरिमा चौधरीलाई न्याय माग्दै माईतीघरमा प्रदर्शन गरेको छ ।संस्थाले शनिबार दोषीलाई कडा कारबाही र पीडितलाई न्यायको माग गर्दै शान्तिपूर्ण विरोध प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरुले बलात्कार र हत्याजस्ता जघन्य अपराधविरुद्ध कडा कानुन बनउन सरकारसंग माग गरेका छन् । बलात्कारीलाई फाँसीको सजाय हुनुपर्ने उनीहरुको माग छ ।